बिराटनगरमा छठ पर्वको विशेष कार्यक्रम,पटनाबाट आएका कलाकारको प्रस्तुती

बिराटनगरमा छठ पर्वको विशेष कार्यक्रम,पटनाबाट आएका कलाकारको प्रस्तुती

बिराटनगर । बिराटनगर ८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बलुवाही युवा मञ्चको आयोजनामा २ दिने कार्यक्रमको आयोजना गरिएको हो । मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुती रहेको कार्यक्रममा कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्रुपले आफ्नो प्रस्तुती दिएको थियो ।
साँस्कृतिक कार्यक्रमसँगै खानाका स्टल लगायत बिभिन्न मनोरन्जन मुलक कार्यक्रम भएको कार्यक्रम संयोजक विजय मण्डलले जानकारी दिए । बिराटनगरका मेयर भिम पराजुली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिराटनगरका अगुवा नेता तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रमलाई नेपाल भ्रमण बर्षको प्रचारको लागि समेत गरिएको सयोजक मण्डलले जानकारी दिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्