मोरङमा ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद

<span class='c1'>मोरङमा ठूलो परिमाणमा मदिरा बनाउन</span> <span class='c2'>प्रयोग हुने कच्चा पदार्थ बरामद</span>

विराटनगर । मोरङमा प्रहरीले ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । इप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङ सुन्दरहरैचा १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.२ ह.४४५५ न.को अटोरिक्सा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार ३५० केजी कच्चा पदार्थको मूल्य रु.१ लाख रुपैयाँ छ ।

ओसार पसारमा संलग्न मोरङ केराबारी गाउँपालिका वडा नम्बर १० बस्ने वर्ष २८ को अटोचालक मनबहादुर लिम्बु र सोही ठाउँ बस्ने वर्ष ३५ की कमला लिम्बु छन् । कच्चा पदार्थसहित दुबैलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यता, मोरङ सुनवर्षी नगरपालिका वडा नम्बर नपा ८ विश्वकर्मा कुरेली बस्ने अखुन खातुनको फुसको छाना, बाँसको टाटीबेरा र खम्बा भएको भुई तले घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको छ ।

आगलागीबाट अन्नपात, भाडावर्तन, लत्तापकपडासमेत जली अन्दाजी रु.१ लाख रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्