दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु सुरु हुने भएका छन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म  भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन् ।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन् । उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुने  छन् । उसुको खेल मंसिर १३ बाट १९ सम्म ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा फिटनेश सेन्टरमा हुनेछ । प्याराग्लाइडिङ मंसिर १४ बाट २३ गतेसम्म पोखरामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्