एमसीसीविरुद्व नेपालको ‘फस्ट क्लास’ क्रिकेट आजबाट

एमसीसीविरुद्व नेपालको ‘फस्ट क्लास’ क्रिकेट आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग नेपालको तीन दिवसीय (फस्ट क्लास) क्रिकेट आज (बुधबार) सुरु हुँदैछ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । सन् २००५ मा युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्लसँगै अन्य ९ खेलाडीले एमसीसीविरुद्धको खेलमा फस्ट क्लास क्रिकेटमा डेब्यू गर्दैछन् ।

नेपाली टोलीमा रहेका सोमपाल कामी र शरद भेषवाकरबाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । अन्तिमपटक नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्