विराटनगर विमानस्थल विस्तार अलमलमा, डिपिआर स्वीकृत गर्ने मन्त्रीको बाचा कार्यान्वायन भएन

विराटनगर विमानस्थल विस्तार अलमलमा, डिपिआर स्वीकृत गर्ने मन्त्रीको बाचा कार्यान्वायन भएन

विराटनगर। विराटनगर महानगरपालिकाको बिमानस्थल पस्चिमको ईक्राईका ७० बर्षिय रतनलाल चौधरीलाई आफ्नो घर र जमिन विमानस्थलले कहिले लिने हो भन्ने चिन्ता छ । विमानस्थल बिस्तार गर्दा आफ्नो घर पनि पर्छ भन्ने चिन्ता एकातिर भए पनि आफ्नो ठाउँमा विकास हुने कुराले उहाँलाई उत्साहित पनि बनाएको छ । विमानस्थल बढाउँदा राम्रो हुन्छ भन्ने स्थानीयबासिन्दा अरु पनि धेरै छन् । बिमानस्थल बढाउँदा विकास हुने आशा बोकेका उनीहरु कोही आफ्नो घरसम्म नै बिमानस्थल विस्तार हुन्छ भन्नेमा छन् भने कोही आफ्नो घरसम्म विस्तार हुँदैन भन्नेमा ढुक्क छन् । स्थानीय उर्मिला चौधरी भने आफ्नो घर बिमानस्थलमा नपर्ने बताउँनुहुन्छ । तर यदी आफ्नो घर पर्यो भने पनि छाड्न तयार रहेको उहाँको भनाई छ ।
उर्मिला र रतनलाल जस्ता धेरैलाई बिमानस्थल बढ्यो भने कहाँसम्म पुग्ने हो भन्ने अन्यौल छ । विराटनगर विमास्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कुराले स्थानीयबासिन्दालाई जस्तै वायु सेवा कम्पनीका प्रतिनिधिलाई पनि खुशी बनाएको बुद्धएयर विराटनगरका म्यानेटर कौशल भण्डारीले बताउनुभयो ।
विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि डिपिआर बनाउने काम पनि पुरा भईसकेको छ । एक बर्ष अगाडि मात्र साढे चार बिगाहा जग्गा अधिग्रहण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल बिस्तार भएमा पस्चिमको केशल्या खोलासम्म करिब १५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने छ । तर त्यसको लागि मन्त्री परिषदको बैठकबाट नै स्वीकृत भएर आउनु पर्ने नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौला बताउनुहुन्छ । विराटनगर विमानस्थल विस्तारको कुरा उठेको धेरै भैसकेको छ । तर सरकारको तर्फबाट डिपिआर स्वीकृत गरेर काम अगाडि बढाउन ढिला भएको छ ।
विराटनगर बिमानस्थलको विस्तारको लागि २५ सय मिटर वा ३ हजार मिटर कति बढाउने भन्ने डिपिआरमा उल्लेख छ । अहिले १५ सय मिटर रहेको बिमानस्थल २५ सय मिटर वनाउँदा १५० बिगाहा जग्गा अधिग्रहण गर्नु पर्नेछ भने ३ हजार मिटर बनाउँदा २ सय ५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने छ । यो जग्गा अधिग्रहण गर्दा राज्यको मुआब्जाका लागि मात्र करिब ४ अर्ब बढी खर्च हुनेछ । विराटनगरबाट केही समय अगाडी गएको दवाव समुहलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले असोज महिना भित्र नै डिपिआर स्वीकृत गर्ने बचन दिनुभएको थियो । तर डीपीआर अझै स्वीकृत भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्