वडा अध्यक्षको निर्वाचनका लागि धनपालथानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

वडा अध्यक्षको निर्वाचनका लागि धनपालथानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै कार्यलय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
वडा अध्यक्ष बलिराम भगतको २०७५ जेठ २४ गते सर्पले टोकेर मृत्यु भएपछि आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचनका लागि गर्नु पर्ने सबै कामहरु सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए । ठाकुरका अनुसार दुईवटा मतदान स्थल रहेको वडामा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्