विराटनगरका खेमराज विरुद्ध अभद्र ब्यवहार मुद्दा दर्ता, अश्लिल म्यासेज पठाएको आरोप

विराटनगरका खेमराज विरुद्ध अभद्र ब्यवहार मुद्दा दर्ता, अश्लिल म्यासेज पठाएको आरोप

विराटनगर। सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाएको आरोपमा विराटनगरका खेमराज नेपाललाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो ।
पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायसँगै लायन्स क्लबमा पनि सक्रिय छन् । विराटनगर पुष्पलाल चोककी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका नेपाललाई मंगलबार अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्