रंगेलीमा पेट्रोल पम्पमै मोटरसाईकल जल्यो, पम्पमा निभाउने ग्यास थिएन

रंगेलीमा पेट्रोल पम्पमै मोटरसाईकल जल्यो, पम्पमा निभाउने ग्यास थिएन

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेलीमा पेट्रोल पम्पमा तेल हालेर निस्किएको मोटरसाईकलमा आगलागी भएको छ । रंगेली ७ मा बसोवास गर्र्दै आएका रोशन यादवको मे३प १९४८ नम्बरको मोटरसाईकलमा आगलागी भएको हो ।
बिहीबार बिहान रंगेलीमा रहेको शुभम श्री पेट्रोल पम्पमा तेल भरेर हिड्ने क्रममा अचानक आगो लागेको हो । आगलागी हुँदा आबश्यक पर्ने उपकरण नहुँदा पम्पमै लागेको आगोले मोटरसाईकल जलेर नष्ट भएको छ । आगो निभाउनकालागि अत्याबश्यकीय ग्यास समेत बिग्रिएको अवस्थामा रहेको पाईएको छ ।
समयमै मोटरसाईकलमा लागेको आगो नियन्त्रणमा लिन सकिएको भए मोटरसाईकल जोगिने पिडित यादवले बताए ।
यता पम्प सञ्चालकले भने ग्यास सकिएको भन्दै पन्छिन खोजेका छन् । रंगेलीमा रहेको दमकलको साहयताले मोटसाईकलमा लागेको आगो निभाउँदासम्म मोटरसाईक जलेर पुर्ण नष्ट भईसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्