विराटनगरको रानी बोर्डरमा ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रर्दशन ( फोटो फिचर )

विराटनगरको रानी बोर्डरमा ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रर्दशन ( फोटो फिचर )

कात्तिक २१, विराटनगर । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा विराटनगरमा विरोध प्रदर्शन गरीएको छ । स्वतन्त्र युवा समुह विराटनगर मोरङले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहीबार विहान रानी बोर्डरमा विरोध प्रर्दशन गरेका हुन् । ‘देशभरका सम्पुर्ण राष्ट्रभक्त युवा एकजुट होऔँ’ भन्ने नाराका साथ विरोध सभा गरिएको हो ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

उनीहरुले ‘गो ब्याक इण्डिया’ को नारा र व्यानरसहित विभिन्न नगर परिक्रमा गरेर बिरोध गरेका हुन् । नगर परिक्रमा पछि विराटनगर रानी बसपार्क नजिकै कोणसभाको आयोजना गरिएको थियो । सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

ब्याक अफ इन्डिया’को माग राख्दै प्रदर्शन गरेका युवाहरूले सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । भारतले नेपालको भू–भाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छन् ।
पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्प्याधुरालगायतको क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि देशभर अहिले आन्दोलन भइरहेको छ ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्