विराटनगरको काली मन्दिरमा बाँधिएको अबस्थामा बालक भेटिए, कता छन् यी बालकका बाबु आमा !

विराटनगरको काली मन्दिरमा बाँधिएको अबस्थामा बालक भेटिए, कता छन्  यी बालकका  बाबु आमा !

विराटनगर । विराटनगरको काली मन्दिर अगाडी फलाममा बाधेर बेवारीसे अवस्थामा छाडिएको बालकको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ र वडा प्रहरी कार्यलय विराटनगरको टोलीले बालकको उद्धार गरी मानव सेवा समिती विराटनगरको संरक्षणमा राखिएको छ । करिब ४ बर्षको उमेर देखिने बालक बोल्न सक्दैनन् । तराई मुलका देखिने बालकको कम्मर भन्दा तलको भाग चल्न सक्दैन । विराटनगरको काली मन्दिर अगाडी फलाममा सलले बाधेर राखेको अवस्थामा कातिक १८ गते फेला परेको वडा प्रहरी कार्यलय विराटनगरका डिएसपी वेदप्रकाश गौतमले जानकारी दिए ।
बालक कसको हो, अहिले सम्म पहिचान खुलेको छैन । भेटिएको ५ दिन वितिसक्दा पनि अहिलेसम्म कसैले खोजी गरेका छैनन्् । मोरङका प्रमुख जिल्ला अधिकारीले मदन भुजेलले बालकलाई तत्काललाई मानव सेवा समितिमा राखेको र बालकको अभिभावक खोजी गरेपछि जिम्मा लगाउने तयारी गरिरहेको बताए ।
सडकमा वेवारिसे अवस्थामा फेला परेका बालक तथा वृद्धवृद्धाको संरक्षण गर्दै आएको मानव सेवा समितिले जनाएको छ । यी बालकको बारेमा जानकारी भएमा प्रहरीमा खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

https://www.facebook.com/ourbrt/videos/1143993732458741/?v=1143993732458741

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्