लेटाङ प्रहरीले गर्यो विद्यार्थीसंग सचेतनामुलक कार्यक्रम

लेटाङ प्रहरीले गर्यो विद्यार्थीसंग सचेतनामुलक कार्यक्रम

भूमिका पाख्रिन
लेटाङ । इलाका प्रहरी कार्यालय लेटाङले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका ५ श्री सुर्य प्रा.वि.का विद्यार्थीहरुमाझ सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा मानब बेचविखन, लागुऔषधका कारण तथा यसले निम्त्याउने जोखिमबारे विद्यार्थीलाई जानकारी गराइएको कार्यक्रमका सहजकर्ता प्रहरी नायब निरीक्षक दुर्गाबहादुर भट्टराईले जानकारी दिए । सचेतना कार्यक्रममा ट्राफिक नियम अन्तर्गत विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धि विषयमा ट्राफिक प्रहरी जवान राजु बस्नेतले सहजीकरण गरेका थिए ।
यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न विषयको जानकारी हुनुका साथै विद्यार्थी र प्रहरीबीचको दुरी समेत हट्ने विद्यालयका प्रधानाध्यापक नरेन्द्र खड्काले बताए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थी, अभिभावकको समेत सहभागीता रहेको थियो । प्रहरीले लेटाङमा समुदाय प्रहरी पालिका समिति, समुदाय, टोल समिति, प्रहरी विद्यालय सम्पर्क समिति गठन गरी काम गरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्