विराटनगरबाट प्रदेश सरकारले शुरु गर्यो डिजिटल शिक्षा, शैक्षिक गुणस्तरमा सुधार हुने

विराटनगरबाट प्रदेश सरकारले शुरु गर्यो डिजिटल शिक्षा, शैक्षिक गुणस्तरमा सुधार हुने

विराटनगर । प्रदेश सरकारले डिजिटल प्रबिधि शुरु गरेको छ । प्रदेश १ सरकारले प्रदेशका ६४ वटा स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा डिजिटल शिक्षा अभियान सुरु गरेको हो । शुक्रबारबाट एकसयवटा विद्यालयमा साक्षरता अभियान सुरु गरेको प्रदेश सरकारले मंसिर १ गतेबाट थप एकसय विद्यालयमा डिजिटल शिक्षा सञ्चालन गर्ने जनाएको छ। डिजिटल शिक्षा अभियानको शुरुगर्दै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले डिजिटल प्रदेश निर्माण गर्ने काम शुरु भएको बताए । आजको युगको आवश्यकतालाई ध्यानमा राखेर प्रदेश सरकारले अभियान संचालनमा ल्याएको मुख्यमन्त्री राईले जानकारी दिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गनर्एएको लागि डिजिटल शिक्षाको थालनी गरिएको बताए । सरकारले स्थानीय तहको ध्यानाकर्षण गराउन तथा डिजिटल शिक्षाको महत्व र त्यसको आवश्यकता बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए । प्रदेश सरकारले डिजिटल शिक्षा मार्फत अभिभावक, शिक्षक, बिद्यालय र बिद्यार्थीलाई जोड्ने काम गर्ने मन्त्री घिमिरेले बताए ।
पहिलो चरणमा एक सय विद्यालयबाट नमूना कार्यक्रम सुरु गरेपनि मंसिर १ गतेबाटै थप १ सय विद्यालयमा कार्यक्रम विस्तार गर्दै छ । प्रदेशका २ सय विद्यालयले आफ्नो क्षेत्रभित्रका थप ५ विद्यालयलाई प्राविधिक सीप प्रवाह गर्नुपर्ने कार्यबिधि रहेको छ । यसै शैक्षिक सत्रभित्र प्रदेशका एक हजार विद्यालयमा डिजिटल शिक्षा लागु गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालयका सचिव वीरवहादुर राईले बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अभियान्ता महावीर पुनले प्रविधिको विकासमा कन्जुस्याइँ नगर्न प्रदेश सरकारलाई आग्रह गरे। डिजिटल शिक्षाकालागि संघीय सरकारले कन्जुस्याइँ गरेको बताउँदै उनले प्रदेश सरकारलाई काम गर्ने आँट गर्न आग्रह गरेका हुन् ।
डिजिटल प्रदेश निर्माणकालागि कम्युटर शिक्षक नियुक्ती गर्न उाले आग्रह गरे । साढे चार करोड खर्च गरेर कम्युटर शिक्षक नियुक्त गरेर प्रदेशलाई डिजिटल प्रदेश बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्