भारतद्धारा नेपालको सिमा नाका मिचिएकोमा पथरीमा प्रदर्शन, नरेन्द्र मोदीको पुत्ला दहन

भारतद्धारा नेपालको सिमा नाका मिचिएकोमा पथरीमा प्रदर्शन, नरेन्द्र मोदीको पुत्ला दहन

विराटनगर । मोरङको पथरीमा पनि नेपालको सीमा नाका मिचिएकोमा बिरोध भएको छ । स्थानीयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै पूत्लामा जुत्ताको माला लगाएर बिरोध गरेका हुन् । नेपाली भूमी लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि पथरीशनिश्चरेमा बिरोध भएको हो । पथरी शनिस्चरेको पिपल चौकमा अतिक्रमित भूमी फिर्ता माग्दै उनीहरुले भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरे ।
राष्ट्रियवादी नागरिक समाज पथरीशनिश्चरे३ नामको ब्यानर भएको बिरोधमा लिम्पियाधुरा–हाम्रै हो, कालापानी–हाम्रै हो, लिपुलेक–हाम्रै हो, गो ब्याक–इन्डिया जस्ता नाराहरु लगाएका छन् ।
जुताको माला लगाइएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला बोकेर पिपलचौकदेखि करिव ३ किलो मिटर त्रिवेणी चोकसम्म नाराजुलुस सहित प्रदर्शन भएको हो ।
बिरोध सभामा आर्जुन किराँती, तिर्थ आचार्य, खगेन्द्र लुइँटेल लगायतका बक्ताले लेपाली भूमी अतिक्रमण गरि सार्वजनिक भएको नयाँ नक्सा खारेजी र त्यो भूमिबाट सुरक्षा फौज फिर्ता नगरे आम नेपालीहरु राष्ट्रिय युद्ध लड्न पछि नपर्ने चेतावनी दिए ।
नेपाल सरकार र विभिन्न दलका नेताहरु एकजुट भएर अतिक्रमित भूमी फिर्ताको पहल गर्न बक्ताहरुको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्