विराटनगरमा मजदुरको प्रदर्शन, नक्सा नसच्याए भारतीय लगानीका उद्योग ठप्प पार्ने चेतावनी

विराटनगरमा मजदुरको प्रदर्शन, नक्सा नसच्याए भारतीय लगानीका उद्योग ठप्प पार्ने चेतावनी

विराटनगर । भारतले हालै जारी गरेको नेपालको भुमी सहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा बन्द गर्ने जदुरहरुले चेतावनी दिएका छन । अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले शनिबार विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन । ट्राफिकचोकमा आयोजित कोणसभामा बोल्दै ट्रेड युनियन महासंघ प्रदेश उपाध्यक्ष उपेन्द्र रायले भारतले हालै जारी गरेको नक्सा तत्काल सच्याउनु पर्ने बताए ।
भारतले बिस्तारबादको निति अनुसार नेपाली भुमिलाई कब्जा गर्न चाहेको आरोप लगाउँदै त्यस्तो प्रयास विफल पार्न मजदुरहरु जुनसुकै कदम चाल्न पछि नहट्ने चेतावनी दिए ।
नक्सा तत्काल नसच्याए र मिचिएको नेपालको भुमि फिर्ता नगरे नेपालमा संचालित भारतीय लगानीको उद्योगधन्दा तथा ब्यवसाय अवरुद्ध पार्ने चेतावनी समेत दिए । महासंघका प्रदेश अध्यक्ष टिका प्रसाईले भारतले नेपालको एक जिल्ला बराबरको भुमि मिचेको बताउँदै फिर्ता नगरे कलकारखाना बन्द गरेर संघर्षमा जाने चेतावनी दिनुभयो । नेकपाका प्रदेश सदस्य भोगेन्द्र यादवले भारतले आफ्नो छिमेकीहरुलाई मिलाएर राख्नुपर्नेमा दुख दिएको बताउनुभयो । यसअघि महासंघको कार्यालय सन्सारीमाई छेउबाट निकालिएको विरोध ¥यालीले भारत बिरुद्ध नाराबाजी गर्दै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्