जेसीस सप्ताह सुरु, पहिलो दिन विराटनगरदेखी भेडेटारसम्म मोटसाइकल ¥याली

जेसीस सप्ताह सुरु, पहिलो दिन विराटनगरदेखी भेडेटारसम्म मोटसाइकल ¥याली

विराटननगर । विराटनगर जेसीसले प्रत्येक वर्ष आयोजना गर्दै आएको जेसीस सप्ताह यो बर्ष पनि शुरु भएको छ । शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि जेसीस सप्ताह शुभराम्भ भएको हो । सप्ताहको पहिलो दिन भ्रमण वर्ष २०२० लाई सफल बनाउन विराटनगर जेसीजले मोटरसाइकल ¥याली निकालेको छ ।
विराटनगरदेखि निकालिएको ¥याली पर्यटकीय स्थल भेडेटारसम्म पुगेको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखेको बेला विराटनगर जेसीसले भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले ‘जेसीस सप्ताह’ अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको विराटनगर जेसीसका अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।
प्रदेश १ मा रहेको पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्दै मोटरसाइकल ¥याली निकालिएको हो । ¥यालीको उद्घाटन प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वातवरण मन्त्री जगदीश कुसियतले गरे । कार्यक्रममा बोल्दै मन्त्री कुसियले सबैको साथ सहयोगले भ्रमण वर्ष सफल बनाउनु पर्नेमा जोड दिए । सरकारले अपेक्षा गरेको भन्दा बढी पर्यटक भित्रयाएर भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए ।
विराटनगर जेसीजले प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पु¥याउने उद्देश्यले विराटनगरमा स्टल पनि राखेको छ । विराटनगरको विरेन्द्र सभा गृह नजिकै इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी मुलक स्टल राखेको छ । शनिबारदेखि सुरु भएको जेसीस सप्ताह कार्तिक २९ गते समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्