विराटनगरका कहिल्यै जहाज नचढेका बालबालिकालाई राउण्ड टेवलको उडान

विराटनगरका कहिल्यै जहाज नचढेका बालबालिकालाई राउण्ड टेवलको उडान

विराटनगर । ‘शिक्षाबाट स्वतन्त्रता’ भन्ने नारा सहित विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्दै आएको राउण्ड टेवलले प्रदेश १ को राजधानी विराटनगरमा ‘उमङ्गको उडान’ कार्यक्रम आयोजना गरेको छ । सरकारी विद्यालयमा अध्ययनरत आर्थिक तथा सामाजिक रुपमा पिछडीएका विपन्न बालबालिकालाई लक्षित गरी हवाई मार्फत उनीहरुको सपनालाई साकार गराउन र यात्राबारे ज्ञान प्रदान गराउन ‘उमङ्गको उडान’ गरेको जनाएको छ ।
विराटनगर ८ हाटखोलामा रहेको श्री शुशिला निकुञ्ज आधारभुत विद्यालयका ९ जना बालबालिका सहित २ जना शिक्षकलाई विराटनगर देखी काठमान्डौ राजधानी सम्मको यात्रा गराएको छ । विराटनगर राउण्ड टेवल ५ र काठमाण्डौ सिटी राउण्ड टेबल १२ को सयुक्त आयोजनामा यति एयरको फ्लाईटबाट एक दिनको यात्रा गराएको हो । स्कुलमा उच्च अंक ल्याउने बालबालिकाहरुलाई हौसला प्रदान गर्दै विद्यार्थीहरुलाई पढाईका अलावा बाहिरी ज्ञान पनि प्राप्त गर्न सक्ने भएका कारण विद्यार्थीलाई यस्ता कार्यक्रम आवश्यक रहेको शिक्षकहरुको भनाई छ ।
सामुदायिक विकासको भवन निर्माणदेखी विद्यार्थीहरुको उज्वल शिक्षाको काम गर्दै आएको राउण्ड टेवल ५ का अध्यक्ष अश्वीनी वंशालले जानकारी दिए । प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक विद्यार्थीहरुलाई उमङ्गको उडान भन्ने कार्यक्रम गरिएको वशांलको भनाई छ । विद्यार्थीहरुलाई चिडिया घर, पशुपति मन्दिर, भृकृटी मण्डप र जावलाखेल चिडिया घरको अवलोकन गराईने वंशालले जानकारी दिए ।
विराटनगरका मयेर भीम पराजुलीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले मनोरन्जनसँगै धेरै ज्ञान हाँसिल गर्न सक्ने बताए । आगामी दिनमा अन्य सामुदायिक विद्यालयसँग साझेदारी गर्दै लैजान समेत आग्रह गरे । स्कुलमा अध्ययनरत ९ जना विद्यार्थीहरुलाई विराटनगरका मेयर भीम पराजुली राउण्ड टेवल अन्तराष्ट्रिय संस्थाका सचिव मार्क जर्मिसिउसन लगायत राउण्ड टेवलका पदाधिकारीहरुले फुल माला लगाएर विदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्