नेमुवामा राउण्ड टेवलको शिक्षा र स्वास्थ्यमा डेढ करोडको लगानी

नेमुवामा राउण्ड टेवलको शिक्षा र स्वास्थ्यमा डेढ करोडको लगानी

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा राउण्ड टेवलले प्राथमिक उपचार केन्द्रसँगै विद्यार्थीहरुलाई शुद्ध पिउनेको व्यावस्था गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवामा रहेको प्राथमिक स्थास्थ्य केन्द्र तथा पिउने पानीको ब्यवस्था गरेको हो ।
विराटनगर प्लेटिनम राउण्ड टेबल ११ तथा राउण्ड टेबल अष्ट्रिया फाउन्डेसन र विराट मेडिकल कलेज शिक्षण अस्पतालको संयुक्त आयोजनामा राउण्ड टेवल प्राथमिक उपचार केन्द्र संचालनमा ल्याईएको हो । त्यस्तै बुढीगंगा ४ नेमुवामा रहेको सरस्वती स्कुलमा अध्ययनरत विद्यार्थीको लागि आरो वाटर सिष्टमबाट शुद्ध पिउने पानीको व्यावस्था गरिएको छ । बुढीगंगा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझी, विराट मेडिकल कलेजका संचालक ज्ञानेन्द्रमान सिंह कार्की र राउण्ड टेवल अन्तराष्ट्रिय सचिव मार्क जर्मिसिउसनले संयुक्त रुपमा उपचार केन्द्र र आरो वाटरको उद्धघाटन गरे ।
बुढीगंगा गाँउपालिकाका अध्यक्ष माझिले विराट मेडिकल कलेज शिक्षण अस्पताल र राउण्ड टेबल ११ को सहकार्यमा आयोजना भएको यस्ता खालको सामाजिक कार्यले आम जनताका लागि लाभदायक हुने बताए । राउण्ड टेवल प्राथमिक उपचार केन्द्र र शुद्ध पिउने पानीको लागि करिब डेढ करोडको लगानी भएको राउण्ड टेवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्