विराटनगरको विग होटलले ल्यायो कफी पारखीहरुको लागी २० लाखको लगानीमा ‘बिग क्याफे ‘ संचालनमा

विराटनगरको विग होटलले ल्यायो कफी पारखीहरुको लागी २० लाखको लगानीमा ‘बिग क्याफे ‘ संचालनमा

विराटनगर,२४ कात्तिक । विराटनगरको विग होटलमा ' बिग क्याफे ' संचालनमा आएको छ । विराटनगर महानगरपालिका ९ स्थित रोडशेष चोकमा रहेको बिग होटलमा आईतबार देखि बिग क्याफे संचालनमा आएको हो ।


करिब २० लाखको लागतमा संचालनमा आएको उक्त क्याफे बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपराज भण्डारीले संयुक्तरुपमा रिबन काटेर क्याफेको शुभारम्भ गरेका थिए ।


क्याफेमा विभिन्न प्रकारका कफि, बर्थ डे केक, चिया पाईने बिग होटलका बजार व्यवस्थापक नरेश कुमार श्रेष्ठले जानकारी दिए । चिसो मौसम सुरुवात भए सँगै विराटनगरवासीलाई सेवा सुविधा दिनका निमित्त उक्त क्याफे संचालनमा ल्याएको श्रेष्ठले बताए ।

बिग क्याफेले हिमालयन जावा स्वादको कफि पनि उक्त क्याफेमा संचालनमा ल्याउने होटलका संचालक   भरत बहादुर खत्रीले जानकारी दिए । यस अघि विग होटलले एक सय करोडको लगानीमा होटल संचालनमा ल्याईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्