२ बर्षदेखी सडकमा बस्दै आएका बेसहरा पुरुष र महिलाको उद्धार , महानगरपालीकालाई मंसिर सम्म बेसहरा सडक मानव मुक्त घोषणा

२ बर्षदेखी सडकमा बस्दै आएका बेसहरा पुरुष र महिलाको उद्धार , महानगरपालीकालाई मंसिर सम्म बेसहरा सडक मानव मुक्त घोषणा

विराटनगर,२४ कात्तिक । २ बर्षदेखी खाली जमिनमा बस्दै आएका एक असाहय पुरुषको उद्धार गरिएको छ । विराटनगरको नमस्कार होटल अगाडी पार्किङ स्थलमा विगत २ वर्ष खाली जमिन बस्दै आएका एक पुरुषको आईतबार उद्धार गरिएको हो ।


मानव सेवाआश्रम विराटनगर, महानगरपालीका र वडा प्रहरी कार्यलय विराटनगरले सयुक्त रुपमा खालि जमिनमा बस्दै आएका वेसहरा पुरुषको उद्धार गरेको हो ।
मानव सेवा आश्रमले विराटनगर महानगरपालीकालाई मसिर महिना भित्र सहयोगापेक्ष वेसहरा सडक मानव मुक्त घोषणा गर्ने अभियान अन्र्तगत वेसहराहरुको खोजी कार्यगरी संरक्षण गर्ने जनाएको छ । साथै महानगरपालीका , वडा प्रहरी कार्यलय र मानव सेवा समिती विराटनगरले महानगरभीत्र रहेका अन्य वेसहराहरुको समेत उद्धार गरेको छ ।
यसैगरी जलजला मोडबाट एक महिलाको समेत उद्धार गरेको छ । उद्दार गरिएकाहरुको सेवाश्रममा नै डाक्टहरुको निगरानीमा उपचार गरिने मानव सेवा आश्रम विराटनगरका नवराज केसीले जानकारी दिए । मानसिक रोगका कारण परिवारको लापरवाहीले बेसाहरा बनेकाहरु महानगरभित्र दर्जन बढी रहेका छन् । उनीहरुलाई पनि उद्दार गरि मानव सेवा आश्रमका राखिने जनाएको छ । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीलले मंसिर भित्रमा बेसहरा सडक मुत्त घोषणा गरिने बताए ।

उद्धार गरिएको भिडियो:

https://www.facebook.com/ourbrt/videos/455257988438789/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्