विराटनगर रानी भन्सारबाट हुण्डीको सात लाख भारतीय नागरिक सहित दुई युवा पक्राउ

<span class='c1'>विराटनगर रानी भन्सारबाट हुण्डीको सात लाख</span> <span class='c2'>भारतीय नागरिक सहित दुई युवा पक्राउ</span>

विराटनगर, २४ कात्तिक । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।
को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ । खिँउजुकाअनुसार मोटरसाइकल चालक ज्योतिकुमारका साथबाट चार लाख र पछाडि बसेका विक्कीकुमारको साथबाट तीन लाख गरेर सात लाख रुपैयाँ बरामद भएको छ ।
भारतबाट हुण्डीको रकम लिएर नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई मोटरसाइकल र बरामद भएको रकमसहित आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । बरामद भएको रकमको स्रोत खुलाउन नसक्दा गत शुक्रबार साँझ पक्राउ परेका उनीहरुले उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारका एक हुण्डी कारोबारीले पठाएको प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्