प्रदेशसभा सदस्यलाई विराटनगरमा फेसबुक र ट्विटर चलाउने तालिम

प्रदेशसभा सदस्यलाई विराटनगरमा फेसबुक र ट्विटर चलाउने तालिम

विराटनगर ।  प्रदेशसभा सदस्यलाई एक संस्थाले विराटनगरमा फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ। प्रदेश-१का १८ प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो।

तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे सिकाइएको इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले बताए। प्रदेश-१का सभामुख प्रदीपकुमार भण्डारीले तालिमको उद्घाटन गर्दै संचार र सामाजिक संजाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने समय आएकाले यो तालिम प्रभावकारी हुने बताए।

सामाजिक संजालमा गरिने लाइक, कम्मेन्ट र पास्टले महत्वपुर्ण अर्थ राख्ने भएकाले यसको सही प्रयोगका लागि सबै सचेत रहनुपर्ने भनाई उनको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्