पुर्व विद्यार्थी नेता मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त

पुर्व विद्यार्थी नेता मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त

विराटनगर, २५ कात्तिक । धरान १६ निवासी पुर्व विद्यार्थी नेता नवराज राई १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् ।
उनलाई मुख्यमन्त्री शेरधन राईले कार्तिक २१ गतेदेखि लागु हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अघि बढ्छु कार्यक्रमको संयोजक थिए । उनले १ नं प्रदेशका १४ वटै जिल्लामा यो कार्यक्रम पुर्याउन र सगरमाथा टिन्स क्लब गठन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । अंग्रेजी बिषयमा स्नातकोत्तर रहेका राई म अघि बढ्छु कार्यक्रमको संयोजक हुनुअघि क्याम्पसमा प्रध्यापन गर्ने गरेका थिए । उनी तत्कालिन एमालेसम्बद्ध अनेरास्ववियुका पुर्वकेन्द्रीय सदस्य हुन् भने एक कार्यकाल एमालेको धरान नगर कमिटि सदस्य पनि भएका थिए । साथै, उनी महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु सचिव पनि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्