विराटनगरको सिमा क्षेत्रमा रहेको सार्वजनिक शौचालय प्रयोग विहीन हुदाँ आमसर्वसाधरण खुला स्थानमा शौच गर्न वाध्य(भिडियो पनि)

विराटनगरको सिमा क्षेत्रमा रहेको सार्वजनिक शौचालय प्रयोग विहीन हुदाँ आमसर्वसाधरण खुला स्थानमा शौच गर्न वाध्य(भिडियो पनि)

प्रेम देवान
विराटनगर, २५ कात्तिक । विराटनगर रानी बोर्डर छेउमा रहेको सार्वजिनक शौचालय प्रयोगमा नआउदा आम सर्वसाधरण खुला स्थानमा शौच गर्न वाध्य भएका छन् ।
विराटनगर महानगरपालीका वडा न १५ स्थित विराटनगर– जोगवनी बस पार्क नजिकै रहेको सार्वजनिक शौचालय बन्द हुदाँ स्थानियवासीले दुख समेत भोग्दै आउन थालेका छन् ।

भिडियो

https://www.facebook.com/ourbrt/videos/2749339205128565/

दैनिक नेपाल र भारतको हजारौको संख्यामा आम सर्वसाधरणहरु आँउजाउ गर्ने गर्दछन् । तर भएको शौचालयमा ताला लगाएका कारण आम साधरणहरु खुला स्थानमा शौच गरेको दृष्ट प्रष्ट देख्न सकिन्छ ।
नजिकै शौचालय भवन छ तर, त्यसमा ताल्चा लगाइएका कारण बाहिर आएर पिसाव फेर्नु वाध्य भएको स्थानिय राजेस गुप्ता बताउछन् । गाडीका स्टाफ देखी डिउटीमा खटिने प्रहरीलाई समेत समस्या हुनेको डिउटीमा खटिएका एक प्रहरी जवान गुनासो गर्दै थिए ।
यसअघि महानगरपालीकाले ठेक्का लगाएर सशुल्क रुपमा नहाउनेदेखी दिशा पिसाव गराउदै आएको थियो । लामो समयदेखी संचालन गरिंदै आएको शौचालय भवन आवश्यक मर्मत सम्भार नगरेर लथालिङ छारिएपछि यो अवस्था निम्तिएको स्थानिय हमिद अजादले गुनासो गरे ।
नेपाल सरकारले सन २०२० लाई भ्रमण बर्षकोरुपमा मनाउने घोषणा गरिसकेको सन्दर्भमा प्रदेश एकको राजधानीकोरुपमा रहेको विराटनगर महानगरपालिकाको प्रवेशद्वारमा हरपल देखिनुले लज्जास्पद देखिने अजादको भनाई छ ।
विराटनगरको यो नाकाबाट नेपाल तथा भारतका हजारौं सर्वसाधारण दैनिक आउजाउ गर्छन । तर न्युनतम आवश्यकता भित्र पर्ने शौचालयलाई ब्यवस्थापन गर्न सम्बन्धित निकाय गैर जिम्मेबार भएर बसेका छन् ।
यता विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उत्त स्थानमा प्रदेशको नै राम्रो र आर्कषित आकासे पुल र प्रवेशद्धारा बनाउनु पर्ने भएका कारण तत्कालका लागी बन्द गरिएको बताए । ‘भारतबाट विराटनगर प्रवेश गर्ने मुख्य स्थानमा प्रदेश कै नमुना बन्ने गरी आकाशे पुल र प्रवेशद्धारा बनाउनको लागी बजेट समेत छुटाई सकेको छ ।’ ‘अब यसको काम चाडै नै सुरु गरिने भएका कारण यसलाई भत्काएर फेरी अर्को बनाउने योजनामा छौ । आम सर्वसाधरणलाई अफठ्यारो नसहोस भनेर घुम्ती शौचालय राख्ने तयारीमा छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्