प्रदेश १ का पहाडी जिल्लामा गाँजा खेती रोकिएन, प्रहरीको सर्च अभियान

<span class='c1'>प्रदेश १ का पहाडी जिल्लामा गाँजा</span> <span class='c2'>खेती रोकिएन, प्रहरीको सर्च अभियान</span>

विराटनगर । प्रदेश-१ का पाँच जिल्लाबाट प्रहरीले १ लाख ८५ हजार गाँजाको बोट फडानी गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सर्च अभियानको क्रममा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलाममा गरी १ लाख ८५ हजार भन्दाबढी गाँजाको बोट नष्ट भएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर कोइरालाका अनुसार पछिल्लो एक महिनायता प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको हो ।  अभियानका क्रममा धनकुटाको शहिदभूमि, साँगुरीगढी र आँखिसल्लामा करिब २ सय रोपनीमा क्षेत्रमा लगाएको १ लाख ५० हजार गाँजाको बोट फडानी गरेको छ ।

खोटाङको हलेशी तुवाचुङ नगरपालिका–१ र २ का डिकुवा, दाम्ली र बाँहुनीडाँडाबाट ५ हजार, भोजपुरको हतुवागढी गाउँपालिका– ९ मुस्ताङ र थुम्की मा ३२ रोपनीमा लगाइएको १२ हजार ५ सय र उदयपुरको कटारी तथा ताप्ली गाँउपालिकामा ४० रोपनीमा लगाएको २५ हजार बोट गाजा फडानी गरेको हो । सुनसरी देवानगञ्जबाट ३ सय र इलामको देउमाई नगरपालिकाका बाट ९० बोट गाजा फडानी गरेको हो ।

प्रदेश प्रहरी प्रवक्ता कोइरालाका अनुसार धनकुटा बाहेकका स्थानमा पहिलो पटक प्रहरीले सर्च अभियान चलाएको थियो । धनकुटा गाँजा उत्पादनको केन्द्र मानिन्छ ।अन्य क्षेत्रबाट पनि गुनासो आएका कारण प्रहरी सर्च अभियान सञ्चालन गर्दा गाँजा खेती भेटिएको थियो । ‘हामी अझै सर्च अभियानमा नै छौं,’ कोइरालाले भने, ‘अन्य ठाउँमा पनि खेती भएको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्