विराटनगरमा भारतीय विस्तार विरुद्ध मोदी सरकारको चर्को विरोध प्रर्दशन (भिडियो सहित)

विराटनगरमा भारतीय विस्तार विरुद्ध मोदी सरकारको चर्को विरोध प्रर्दशन (भिडियो सहित)

विराटनगर, २६ कात्तिक । नेपाली भूमी लिम्पियाधुरा, कालापानीहुँदै लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै विराटनगरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।


विराटनगरको आर्दश स्कुल कलेजका विद्यार्थीहरुले नेपाली भुमी अतिक्रमित भूमीको फिर्ता माग्दै भारतीय प्रधानमन्त्री विरुद्ध चर्को नारा वाजी गरेका छन् ।
मोदि सरकार मुर्दावाद , कालापानी(हाम्रै हो, लिपुलेक(हाम्रै हो, गो ब्याक(इन्डिया जस्ता चर्को नाराहरु लगाएर विद्यार्थीहरुले नगरपरिक्रमा गरेका थिए ।


आर्दश स्कुलबाट निस्कीएको विरोध याली हस्पिटल चोक हुदै विराटनगरको मेन रोड हुदै ट्राफिक चोक हुदै धरान रोडबाट पुन स्कुलमा पुगेर समापन गरिएको थियो ।
नेपाली भूमी अतिक्रमण गरि सार्वजनिक भएको नयाँ नक्सा खारेजी र त्यो भूमिबाट सुरक्षा फौज फिर्ता नगरे आम नेपालीहरु राष्ट्रिय युद्ध लड्न पछि नपर्ने नगरवासीहरुले समेत चेतावनी दिएका थिए ।
भारतले जारी गरेका नक्साको विषयमा अहिले मुलुकभरी विरोध प्रदर्शन भईरहेको छ ।

https://www.facebook.com/ourbrt/videos/398452157726786/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्