कटुवा पेस्तोलसहित विराटनगर रानी बोर्डरबाट हतियार बोक्ने भरिया पक्राउ

<span class='c1'>कटुवा पेस्तोलसहित विराटनगर रानी बोर्डरबाट</span> <span class='c2'>हतियार बोक्ने भरिया पक्राउ</span>

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबार राति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ ।


भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार पैदल हिंडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गुरुङको साथबाट पेस्तोल फेला परेको हो ।
मदिराको नसामा लट्ठ रहेका युवाले आफूले नचिनेका व्यक्तिले जोगवनी बसपार्कबाट एउटा झोला नेपालसम्म पु¥याइदिन आग्रह गरेको तर झोलामा हतियार रहेको कुरा आफूलाई थाहा नभएको प्रहरीलाई बताएका छन् । प्रहरीले गुरुङ साना हतियारको कारोबार गर्ने गिरोहको भरिया भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
गुरुङ विरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । डीएसपी खिँउजुकाअनुसार पक्राउ परेका युवाले दिएको सूचनाका आधारमा हतियार कारोबारीको खोजी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्