परीक्षामा फेल भएको भन्दै विराटनगरको अर्पण स्कुलका शिक्षकबाट विद्यार्थीमाथी निर्घात कुटपिट ( भिडियो सहित )

<span class='c1'>परीक्षामा फेल भएको भन्दै विराटनगरको अर्पण स्कुलका शिक्षकबाट</span> <span class='c2'>विद्यार्थीमाथी  निर्घात कुटपिट ( भिडियो सहित )</span>

प्रेम देवान
विराटनगर, २६ कार्तिक  । विद्यार्थीलाई कुटपिट गर्न नपाईने शिक्षा ऐनमा नियम हुदाँहुदै पनि एक विद्यार्थीमाथी परीक्षामा फेल भएको भन्दै निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

यस्तो छ भिडियो :

https://www.youtube.com/watch?v=BscDdvHSYoQ

 

विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरी घाईते नै बनाएका छन् ।
अपर्ण स्कूलका संचालक समेत रहेका शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययरत १४ बर्षिया रोशनी भण्डारी माथी पाईपले निर्घात कुटपिट गरेका छन् ।

शिक्षकको कुटाईबाट विद्यार्थीको कम्भर भन्दा तल पछाडीको भागमा निलडाम बसेको छ ।
स्कूलले लिएको परीक्षामा विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतलले कक्षा कोठा बाहिर निकालेर पाइपले कुटपिट गरेका थिए । शिक्षकले ३ वटा विषयमा फेल भएको भन्दै आफूमाथी बारम्बार पाईपले हिर्काएको पिडित विद्यार्थीले आवर विराटनगरको कार्यलयमा नै आएर आफ्नो पिडा सुनाईन् ।

स्कूलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कूल नआएको भन्दै सोमबार दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई धाराको पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाई छ ।
शिक्षकको कुटपिटबाट छोरीको पछाडीको अफ्ठ्योरो भागमा निलडाम बसेको रोशनीकी आमा पुष्पा भण्डारीले बताइन् । शिक्षकको कुटाइबाट छोरीलाई रातभरी ज्वरो आएको बताइन् । ‘बस्नसम्म हुन नसक्ने गरि छोरीमाथि शिक्षकले कुटपिट गरेको रहेछ । स्कूलबाट घर आउँदा छोरीले रुन्चे अनुहार लाइन् । के भयो ? भन्दा पनि छोरी बोलिनन् । राती सुत्ने बेलामा अफ्टयारो गरि सुत्दा पो घाउँ भयो भन्दै रून थालिन्,’ रोश्नीकी आमा पुष्पाले भनिन्, ‘शिक्षकको कुटाइबाट भएको घाउँले गर्दा रातभरी छोरी सुत्न सकिन् । औषधी गरेपछि अहिले अलिक अथवा भएको छ ।’

अपर्ण स्कूलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपीट भएको स्वीकारेका छन् । ‘नियमित स्कुल नआएपछि तर्साउन शिक्षकले कुटपिट गरेको भनेका छन्,’ प्रिन्सिपल विष्टले भने, ‘विद्यार्थीलाई नपिटी पढाउनुहोस भन्दै आएका थियौं । रिसको झोकमा शिक्षकले विद्यार्थीलाई कुटेको थाहा पाएँ ।’ विद्यार्थी माथी शिक्षकबाट कारणबस गल्ती भएको भए हामी माफी माग्दछौँ ।

यता प्यासन मोरङक सचिव प्रेम सुवालले भने कुनै पनि विद्यार्थीलाई फेल भएकै कारणले विद्यार्थीलाई पिट्न नहुने बताउनुभयो । यदि फेल भएको कारणले विद्यार्थी माथी कुटपिट भएको र पिडीत पक्षले उजुरी दिए कारबाही हुन सक्ने प्याबसन मोरङ सचिव प्रेम सुवालले आवर विराटनगरलाई बताए ।
शिक्षकको कुटपिटबाट घाईते पीडितका आफन्त मंगलबार निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्याल मोरङमा उजुरी दिईसकेको छन् । कुटपिट गर्ने शिक्षकलाई भोली बुधबार जिल्ला प्रहरी कार्यलय मोरङमा झिकाइएको छ । कुनै विद्यार्थी फेल भए कै कारणले विद्यार्थीमाथी कुटपिट गर्ने शिक्षकलाई कारबाही हुन्छ या त्यो हेर्न बाकी छ प्रतिक्षा गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्