मोरङको धनपाल गाँउपालीकाको उप–निर्वाचनमा कांग्रेस र समाजवादीबीच सहकार्य

<span class='c1'>मोरङको धनपाल गाँउपालीकाको उप–निर्वाचनमा</span> <span class='c2'>कांग्रेस र समाजवादीबीच सहकार्य</span>

विराटनगर, २७ कात्तिक । मोरङको धनपालथान गाउँपालिकामा मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सहकार्यको घोषणा गरिएको हो । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुवै पार्टी एक भएर निर्वाचनमा जाने बताए ।

 


पत्रकार सम्मेलनका क्रममा सभापति लिम्बूले दुई तिहाइको कम्युनिष्ट सत्ताको दम्भ तोड्न लोकतन्त्रवादी शक्ति हुनुपर्ने आवश्यकता रहेको उद्घोष गरे । लिम्बुले कम्युनिष्ट दम्भ तोड्नका लागि समाजवादीको सहकार्यमा धनपालथान– २ मा कांग्रेसका नेता नारायण साहलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको बताउनु भयो । कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले विगतमा भएका कमीकमजोरी सच्याउदै दुवै दल इमान्दारिताका साथ एक भएर निर्वाचनमा प्रस्तुत हुने दाबी गरे । यसपटक समाजवादीले कांग्रेसलाई र अर्को निर्वाचनमा कांग्रेसले समाजवादीलाई सहयोग गर्ने दुवै दलबीच सहमति बनेको यादवको भनाइ छ ।
अर्कोतर्फ, नेकपाले सो क्षेत्रबाट पंकज मण्डललाई उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला सचिव गणेश उप्रेती ‘सुशील’ले जानकारी दिए । दुवै अध्यक्षका प्रत्यासीले बुधबार नै उम्मेदवारी दर्ता गराउने छन् । जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरकाअनुसार दुईवटा मतदान स्थल रहेको धनपालथान–२ मा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् । वडा अध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि रिक्त रहेको उक्त पदका लागि त्यहाँ आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्