विराटनगर रानी बोर्डरका गेष्टहाउसमा हु्न्छ वेश्यावृति, जहाँ भारतबाट ल्याईन्छ महिला यौनकर्मी

<span class='c1'>विराटनगर रानी बोर्डरका गेष्टहाउसमा हु्न्छ वेश्यावृति,</span> <span class='c2'>जहाँ भारतबाट ल्याईन्छ महिला यौनकर्मी</span>

विराटनगर,२७ कात्तिक । विराटनगर रानी बोर्डरका गेष्टहाउसमा भारतबाट महिला यौनकर्मी ल्याएर वेश्यावृती हुनेगरेको खुलासा भएको छ । भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्याउँदै महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाज पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रियाज विराटनगर महानगरपालिका–१५ रानीमा रहेको हिमाल गेष्ट हाउसका कामदार हुन् । नेपालमा राम्रो कमाई हुने भन्दै प्रलोभनमा पारेर उनले भारतबाट आर्थिक अवस्था कमजोर भएका महिलालाई नेपाल ल्याउँदै करकाप र प्रभावमा पारेर होटल तथा गेष्ट हाउसमा वेश्यावृतिमा लगाउने गरेको खुलेको खिँउजुको भनाइ छ । उनले भारत फारविसगञ्ज घर भएकी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका रियाज विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्