ओबी फलोअप : कक्षा १२ सम्म निशुल्क पढाई दिन्छु भन्दै विद्यार्थी कुट्ने शिक्षकले माफी मागे

<span class='c1'>ओबी फलोअप : कक्षा १२ सम्म निशुल्क पढाई दिन्छु</span> <span class='c2'>भन्दै विद्यार्थी कुट्ने शिक्षकले   माफी मागे</span>

विराटनगर। परीक्षामा फेल भएको भन्दै एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकले विद्यार्थीको घर मै पुगेर माफी मागेका छन् । विद्यार्थीको घरमा पुगेर कक्षा १२ सम्म निशुल्क पढाईदिने भन्दै पिडित परिवारलाई दवाव दिएका छन् ।

विराटनगर ४ राजवशी चोक पस्चिम रहेको अर्पण स्कुलका संचालक समेत रहेका निमेश बस्नेतले विद्यार्थीलाई निलडाम हुनेगरी पिटेका थिए । कक्षा ८ मा अध्ययनरत १४ बर्षिया रोश्नी भण्डारीलाई ३ वटा विषयमा फेल भएको भन्दै पाईपले हिर्काएको पिडित विद्यार्थीले आवर विराटनगरको कार्यालय मै आएर मंगबार आफ्नो पिडा सुनाएकी थिईन् ।

भिडियो

https://www.facebook.com/ourbrt/videos/2185170618442624/

अविभावक सहित आवर विराटनगरको कार्यालयमा आएकी पिडित विद्यार्थीले रुदै आफूमाथी कुटपिट भएको घटनाको बारे सुनाए पछि घटना सार्वजनिक भएको हो । विद्यार्थीमाथी कुटपिट भएको बारे मंगलबार नै भिडियो सहितको समाचार आवर विराटनगरले प्रशारण गरेका थियौ । प्रशारण भएको समाचार हेरिसकेपछि धेरै पाठकले शिक्षकलाई कारबाही हुनुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए ।

 

https://www.youtube.com/watch?v=BscDdvHSYoQ&t=4s

 

स्कुलले लिएको दोस्रो सेमिस्टारको परीक्षामा ३ वटा विषयमा फेल भएको भन्दै विद्यार्थीको कम्मर भन्दा तल पछाडीको भागमा पाईपले सोमबार निल डाम हुने गरी पिटेका थिए । पिडित विद्यार्थीका परिवारले मंगलबार नै जिल्ला प्रहरी कार्यालय मोरङमा कुटपिट गर्ने शिक्षक विरुद्ध उजुरी दिएका दिएका थिए ।
मोरङ प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यलयमा बोलाएको थियो । तर मंगलबार राता रात नै स्कुलले आफ्नो शिक्षकलाई कसरी बचाउने भनेर षड्यन्त्र रच्यो । कुटपिट गर्ने शिक्षकले बुधबार विहानै विद्यार्थीको घरमा पुगेर कान समाउदै आईन्दा यस्तो गल्ती नगर्ने भन्दै विद्यार्थी र अभिवावक समक्ष माफी मागेको रोस्नीकी आमाले बताईन् ।

विहानै हाम्रो घरमा आएका थिए मबाट जे हुनु त्यो भई हाल्यो अब आउने दिनमा यस्तो गल्ती गर्दिन भन्दै पिडित परिवारलाई स्कुलमा बुधबार नै बोलाएका थिए । पिडित परिवारका आफन्त र छर छिमेकी सहित पुगेका उनीहरुलाई स्कुल प्रशासनले माफी माग्दै विद्यार्थीलाई कक्षा १२ सम्म पढाईदिने सहमती गर्न भनेर दवाव दिएको थिए । पिडित परिवारका आफन्त भने सहमती गर्न मानिरहेका थिएनन् । स्कुल परिसरमा भएको लामो छलफल पछि विद्यार्थीलाई भोलीको दिनमा अठ्यारो आई नपरोस भन्दै पिडित परिवार सहमतीमा गएका थिए ।

यता पिटाई खाने विद्यार्थी रोश्नी भण्डारीलाई भने चित्त नै बुझेको थिएन । स्कुलका शिक्षकले आफूलाई घर मै आएर लगेको बताईन् । आफू माथी सरले यस्तो गल्ती गर्नुभयो तर आगामी दिनमा यस्तो गल्ती नगर्न , हिजो भएको घटना सम्झदै आखा भरी आँशु झादै आफ्नो पिडा आवर विराटनगर समक्ष पोखिन् ।


अन्तत हामी के भन्न चाहान्छौ भने विद्यार्थीलाई कुटेर म तह लगाउछु भन्ने मनसिकता को अन्त्य हुनु पर्छ ! योत एउटा उदाहरण मात्र हो यस्ता गल्ती अन्य स्कुलले गरिरहेका हुन्छन् तर बाहिर आउन सकेका हुदैनन् । बाल मैत्री शिक्षाको नारा लगाईरहदाँ परीक्षामा फेल भएकै यस्ता घटना बाहिरीनुले समाजमा कस्तो सन्देश जाला...। सिकाउन सक्ने क्षमता भएर नै शिक्षक भएका हुन ,कमजोर विधार्थीलाई पिटेर होईन सिकाएर अझ वढी समय दिएर पढाउनु आवश्य देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्