विराटनगरमा ‘च्याटर बक्स’ को सुरुवात, बोल्ने र भाषणकलाको अभ्यास गराउने

विराटनगरमा ‘च्याटर बक्स’ को सुरुवात, बोल्ने र भाषणकलाको अभ्यास गराउने

विराटनगर कार्तिक २८ 

विराटनगरमा ‘च्याटर बक्स’ को सुरुवात भएको छ । युवाहरूलाई अतिरिक्त बिभिन्न क्रियाकलापमा सामेल गराउने उदेश्यका साथ युवाहरुको क्षमता बढाउने उद्देश्यका साथ उक्त सर्भिस संचालन गरिएको हो ।

भारतमा निकै ख्याति पाएको च्याटर बक्सले बोल्ने र भाषणकलाको अभ्यास गराउँने गर्छ  । सोही कम्पनीको फ्रेन्चाइजमा विराटनगरकी जयश्री जाजू, वन्दना अग्रवाल र सुजित झाले विराटनगरमा च्याटर बक्स सञ्चालनमा ल्याएका हुन् ।

यसले भारतका विभिन्न राज्यमा सेन्टर सञ्चालन गर्दै आएको छ ।  ह्यारिशन होटलमा गत शनिबार च्याटर बक्स विराटनगर सेन्टर उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्