मोरङको उर्लावारीमा हात्तीले चारवटा घर भत्कायो

<span class='c1'>मोरङको उर्लावारीमा हात्तीले</span> <span class='c2'>चारवटा घर भत्कायो</span>

विराटनगर ।   मोरङको उर्लाबारी नगरपालिका–४ सिसौलीमा जंगली हात्तीले बिहीबार राति चारवटा घर भत्काइदिएको छ । मेघराज थापा, कविता विक, रीता विक र यामबहादुर धिमालको घर भत्काएर क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए ।  उनका अनुसार कर्कट पाता र फुसको छानो तथा टाटीको बेरा भएका एक तले घरहरु हात्तीले भत्काइदिएको हो । राति १२ बजेको समयमा गाउँ पसेका हात्तीले घर भत्काएर घरमा रहेका चामल र धान खाइदिएको तथा छरेर नष्ट गरिदिएको स्थानीयले बताएका छन् ।

घर भत्काएर क्षति पुर्‍याउने तीनवटा हात्ती स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरी मिलेर बक्राहा खोलातिर लखेटेको प्रनि राईले बताए । हात्तीले वितण्डा मच्चाउँदा १० लाख बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । त्यस्तै हात्तीले उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी प्रतिष्ठानको पूर्वतिरको गाह्रो पनि भत्काएर क्षति पुर्‍याएको छ । प्रहरी निरीक्षक राईले प्रतिष्ठानको पाँच मिटर गाह्रो हात्तीले भत्काइदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्