प्रदेश एकको राजधानी विराटनगरलाई ट्राफिक जाम मुक्त बनाउछु : ट्राफिक प्रमुख पोद्धार

<span class='c1'>प्रदेश एकको राजधानी विराटनगरलाई ट्राफिक जाम</span> <span class='c2'>मुक्त बनाउछु : ट्राफिक प्रमुख पोद्धार</span>

विराटनगर, २९ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख राकेश पोद्धारले प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई ट्राफिक जाम रहित बनाउने बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुख भएर आउनु भएका पोद्धारले विराटनगरको अव्यवस्थित ट्राफिक जामलाई आफै फिल्डमा गएर निगरानी गर्ने बताए । ट्राफिक कार्यालयमा शुक्रबार सञ्चाकर्मीहरुसँग परिचयात्यमक कार्यक्रम बोल्दै प्रहरी निरीक्षक पोद्धारले विभिन्न भावी योजना सहित अगाडी बढ्ने बताएका छन् ।


आफ्नो पालामा ट्राफिक चोक देखी जलजला चोक र बसपार्कदेखी बरगाछी सम्म पार्किङ निषेधित क्षेत्र बनाउने तयार समेत रहेका पोद्धारको भनाई छ । विराटनगरका सडकमा छाडिएका छाडा चौपायाहरुलाई व्यवस्थापन गर्नुको साथै अव्यवस्थित रुपमा रहेको विजुलीका पोललाई व्यवस्थापन गर्ने पोद्धारले बताए ।
विराटनगरमा ‘वाइपास’ सडक नभएकाले पनि जामको समस्या बेहोर्नु परेको बताउँदै पोद्धारले व्यवस्थित पार्किङ, छाडा चौपाय नियन्त्रण, बढ्दो सिटी सफारी र टेम्पो व्यवस्थापन मुख्य प्राथमिकतमा राखिएको बताए ।
त्यस्तै फुटपाथका पसलको व्यवस्थापन, ट्राफिक निगरानी, चालक लक्षित जनचेतनामुलक कार्यक्रम, ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही र जथाभावी सवारी साधन रोक्ने प्रवृत्तिको अन्त्य गरेर प्रदेश राजधानीलाई जाममुक्त बनाउने पोद्धारले प्रतिवद्धता जनाए ।


प्रहरी निरीक्षक पोद्धारले ट्राफिकका तर्फबाट पनि पार्किङस्थलको पहिचान र व्यवस्थापन गर्ने काम थालिएको जानकारी दिए ।
त्यस बाहेक ट्राफिक चेकजाँच, मापसे गर्ने लगायतका नियम उल्लंघन गर्नेलाई कारबाही, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन, जेब्राक्रस निर्माण समेतका नियमित ट्राफिकिङलाई निरन्तरता दिइने पोद्धारको भनाइ छ । साथै विराटनगरको आयल निगम क्षेत्रमा पार्किङ गरेर राखिएका ट्याङकरहरुलाई समेत व्यवस्थापन गर्ने बताए ।

‘विराटनगरको मुख्य चोक जहाँ जहाँ ट्राफिक जाम हुन्छ त्यहाँ ट्राफिक प्रहरी राख्नेछु,‘ विराटनगरको सबैभन्दा ठूलो चुनौती भनेको सिटी सफारी र ट्याम्पो हो यसलाई पनि निस्चित स्थान तोकी पार्किङ स्थान बनाउने छु।’ पोद्धारले भने –‘महानगरपालीकासँग सहकार्य गरी पार्किङ स्थलको चाडै टुङ्गो लगाउने छौँ ।’ हाल महानगर भित्र ३४ जना ट्राफिक प्रहरीको दर बन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्