भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै

<span class='c1'>भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर</span> <span class='c2'>क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै</span>

काठमाडौ कार्तिक ३०

शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै छन् ।

युनिसेफको आयोजनामा हुन गइरहेको उक्त खेलमा एउटा टिमको कप्तानी सचिनले गर्नेछन् भने अर्को टिमको कप्तानी विनोद दासले गर्नेछन् ।

बाल अधिकारको पक्षमा सन्देश दिन १०÷१० ओभरको क्रिकेट खेल आयोजना गरिएको हो । दुवै टिममा युनिसेफले छनौट गरेका बालबालिका रहनेछन् ।

तेन्दुलकर बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघीय बाल कोष९युनिसेफ०का निमन्त्रणमा बालकालिकासँग क्रिकेट खेल्न नेपाल आएका हुन् ।

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा तेन्दुलकरलाई युनिसेफले नेपाल ल्याएको हो ।

युनिसेफका सद्भावना दूत तेन्दुलकरले बालअधिकारका पक्षमा आज ब्याटिङ गर्नेछन् । नेपाल भ्रमण गर्ने हाई प्रोफाइल क्रिकेटरमा महेन्द्र सिंह धोनी, कपिल देव, सुनिल कवास्कर र दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सलगातका विश्व चर्चित खेलाडी रहेका छन् । भारतीय राष्ट्रिय टोलीका कप्तान हुुँदा सन् २०१४ मा धोनीले नेपाल भ्रमण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्