समस्याग्रस्त ६ लेन सडक: लाचार आयल निगमका कारण सडकमा ट्याङ्कर पार्किङ हटेन

समस्याग्रस्त ६ लेन सडक:  लाचार आयल निगमका कारण सडकमा ट्याङ्कर पार्किङ हटेन

विराटनगर । रानी–विराटनगर–ईटहरी सडक समस्याग्रस्त भएको छ । लामो समयदेखि निर्माणाधिन अबस्थामा रहेको सडक समयमा नै निर्माण सम्पन्न नहुनु अनी निर्माण भएका सडकमा पनि पार्किङ गरेर सवारी राखिँदा समस्या भएको हो ।
बिराटनगरको रानी क्षेत्रमा सामान ढुवानी गर्ने सवारीहरु सडकभरी पार्किङ गरेर राख्ने गरिएको छ । त्यस्तै मुख्य बजार क्षेत्रको बसपाकै देखि बरगाछी क्षेत्र अस्तब्यस्त छ । न पार्किङको ब्यवस्थापन छ न सवारी साधनहरु सही रुपमा गन्तब्यमा जान नै सक्छन् ।
सिटी सफारी तथा अटोका कारण समस्यामा रहेको शनी मन्दीर आसपासका क्षेत्रमा गुद्रीमा आउने सवारीले अझ अस्तब्यस्त बनाउने गरेको छ । तरकारी लिएर आएका ढुवानीका साधनहरु मुख्य सडक कोशी राजमार्गको ६ लेन सडकमा नै पार्किङ गर्ने अनी त्यहीबाट सामान झार्ने गर्छन् । लामो समयदेखि महानगरपालिकाले ब्यवस्थापन गर्छु भनेको यो क्षेत्र अझै ब्यवस्थीत हुन सकेको छैन ।
त्यस्तै अर्को लामो समयदेखि ब्यवस्थीत हुन नसकेको ठाउँ भनेको आयल निगम हो । आगल निगम आसपासका ६ लेख सडक भरी ट्याङ्करले भरिभराउ हुन्छ । आयल निगमको लाचारीपनका कारण बर्षौदेखि यो सकडमा यसैगरी पार्किङ हुँदै आएको छ । स्पष्ट निती बनाएर राजमार्गबाट यी ट्याङ्कर हटाईनु पर्नेमा अझै हट्न नसकेको हो ।
विराटनगर महानगरपालिकाले यो क्षेत्रबाट ट्याङ्कर हटाउनको लागि पटक पटक पत्राचार गरेको जनाएको छ भने जिल्ला प्शाुन कार्यालयले पनि त्यहाँबाट ट्याङ्कर हटाएर सडकलाई खाली गर्न भनेको छ तर यसमा आयल निगमले नै ध्यान नदिएको सरोकारवाला बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्