बिगो रकम नतिर्दा विराटनगरका ब्यापारी पक्राउ, आईतवार अदालतमा बुझाउने तयारी

बिगो रकम नतिर्दा विराटनगरका ब्यापारी पक्राउ, आईतवार अदालतमा बुझाउने तयारी

विराटनगर । अदालत मोरङको फैसला गरेको बिगो रकम  नर्तिदा विराटनगरका एक जना व्यापारी पक्राउ परेका छन् । अदालतले जारी गरेको ३५ दिने र सो पछिको ७ दिने म्याद भित्र पनि बिगो रकम नबुझाएपछि विराटनगर – ७ मेनरोड घर भएका ब्यापारी ४१ वर्षिय अंकित भनिने नरेश कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अग्रवाल विराटनगरमा रहेको एलजी स्वरूमको संचालक हुन् । मोरङ अदालतले शुक्रबार अग्रवाललाई पक्राउ गरि अदालतमा उपस्थीति गराउन आदेश दिएको थियो । अदालतको आदेश पछि अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउँजुले बताए ।
शनिबार विदा परेकोले पक्राउ परेका अग्रवाललाई आइतबार अदालतमा उपस्थीति गराउने प्रहरीको तयारी छ । अग्रवाललाई अदालतमा उपस्थीति गराएपछि फैसला गरेको बिगो अनुसार उनी २ वर्ष कैदमा राख्नको लागि उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन अदालतले आदेश दिएको छ। नगेन्द्र ठकुरीले व्यापारी अग्रवाललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘लेनदेन बिगो’ मुद्दा दर्ता गराएका थिए ।
२०७५ साल मंसिर ६ गते बिगो रकम प्रतिवादीबाट भराउन अदालतले फैसला गरेको थियो । ‘अदालतले जारि गरिएको ३५ दिने म्याद भित्र बिगो रकम दाखिला नगरेको हुदा मुलकी देवानी कार्यबिधि संहिता २०७४ को दफा २४४ (२) बमोजिम अग्रवाललाई २ वर्ष कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गराइदिन अनुरोध छ,’ अदालतले आदेश गरेकोे पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्