विराटनगर बसपार्क भित्रै सुबिधा सम्पन्न हाम्रो भान्साघर संचालनमा, सस्तोमा खान पाईने

विराटनगर बसपार्क भित्रै सुबिधा सम्पन्न हाम्रो भान्साघर संचालनमा, सस्तोमा खान पाईने

विराटनगर । विराटनगर बसपार्कमा हाम्रो भान्साघर संचालनमा आएकोछ । टर्मिनल बसपार्कको माथिल्लो तलामा हाम्रो भान्साघर संचालनमा आएको हो । बिराटनगर महानगरपालिकाले बसपार्क निर्माणको क्रममा रेष्टुरेन्ट समेत संचालनमा ल्याउने गरी काम गरेको थियो । बसपार्क निर्माण पछि पिपिपि मोडलबाट ब्यवस्थापनको जिम्मेवारी  पाएको बसपार्क ब्यवस्थापन समितिले बसपार्कलाई ब्यवस्थित गर्ने काम गर्दै आएको छ ।
हाम्रो भान्साघर संचालनमा आएपछि बसपार्कमा आएका यात्रुहरु खाना, खाजाको लागि बाहिर जानु पर्ने समस्या हटेको छ । विराटनगर बसपार्क भित्र पहिलो पटक यसरी सुबिधा सम्पन्न होटल संचालनमा आएको हो । हाम्रो भान्साघर नाम दिईएर संचालनमा आएको होटलले मटन खानाको २५०, चिकेन खानाको २०० र सादा खानाको १५० लिँदै आएको होटलका संचालक मनोज सिंह राईले बताए ।
बिशेषगरी खानालाई लक्षित गरि होटलले सेवा दिँदै आएको उनको भनाइृ छ । त्यस्तै खाजाका सबै आईटम तथा थकाली खाना समेत खान पाईने राईको भनाई छ । होटल संचालनका लागि पहिलो चरणमा २३ लाख लगानी भएको होटल संचालक राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्