एउटा नेपालीको विश्वलाई सन्देश, यस्तो छ, सिमा रक्षार्थ अभ्यास (भिडियो सहित)

एउटा नेपालीको विश्वलाई सन्देश, यस्तो छ, सिमा रक्षार्थ अभ्यास (भिडियो सहित)

काठमाडौँ। नेपालको सिमा अतिक्रमणका भरातीय बिस्तारवादको बिरोध अनि नेपाली नागरिकहरुको दायित्वमा सचेतना प्रदान गर्दै विश्वलाई भिडियो मार्फत एक नेपाली यूवाले सन्देश दिँदै आएका छन् ।
लेखक अनि उद्यमी सुयोग ढकाल नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप्स हाम्रो पात्रोमा हरेक दिन आउने दिन बिशेष सामाग्रीहरुका सर्जक हुन । उनले अनलाईन लर्निगं मार्फत एमबीबीएस र ईन्जिनियरिङ तयारी गराउने नेपालको प्रथम ई–लर्निङ स्याटसमका स्थापना समेत गरेका छन् ।
विगतका दिनमा रेडियो कार्यक्रम साथीसंग मनका कुरामा कार्यक्रम सञ्चालकका रुपमा कार्य गरेका सुयोग लामो समय एसिया प्यासिफिक देशहरुमा शोधकर्ता र अन्तरधार्मिक क्षेत्र र समाज बिकासका कुराहरुमा क्रियाशील थिए ।
विस्तारवादका कुरा
नेपाली सिमामा भारतीय बिस्तारवादको प्रभाव बढ्दो छ अनि नेपाली सिमाको रक्षाका लागि विश्वसमुदायसंग कुटनैतिक अपिल गरिनु पर्ने जरुरी पनि देखिन्छ ।
लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत अन्य धेरै सिमाहरु अनि सिमास्तम्भहरु खतरामा छन्, हामीले बिद्यालय पढ्दा बनाएको नेपालको नक्शा नै बास्तविक नक्शा नभएको देखिन्छ । संरचनागत रुपमा नेपाली भूभाग अतिक्रमण हुँदै आएकोमा हाम्रै शासक अनि सत्ताहरुको पनि लम्पसारवाद स्पष्ट देखिन्छ । तर के विश्वमा सानो देशको अस्तित्व र सार्वभौमिकता सँधै संकटमा नै पर्नुपर्ने हो ?
यसै कुराहरुमा केन्द्रित रहेर बनाइएको भिडियो तठस्थ तर राष्ट्रप्रेमले भरिएको छ, नेपाली जनमानसको बोली समेटिएको यस भिडियोका अन्य सिरिजहरु अग्रेजी भाषामा पनि गरिने छ भनें अहिले नेपाली भाषामा बोलेर सबटाइटल पनि अँग्रेजी भाषामा राखिएको छ ।
भिडियोका सन्देशहरु
म विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको छाँयामा हुर्किएँ र बुद्धको यो भूमिमा मैले आफ्ना संस्कारहरु सिकेँ । म पनि मेरो देश र माटोलाई त्यति नै माया गर्छु जति तपाँईहरुले आफ्नो देशलाई माया गर्नुहुन्छ, तपाँईको देशको सिमानामा अर्को देशको सेनाले कव्जा जमायो भनें तपाँईलाई कस्तो लाग्छ ? अहिले मैले महसुस गरिरहेको छु, देशको माटोमा पराईले कव्जा जमाँउदा कति पीडा हुन्छ भनेंर ।
मेरो देश सानो छ, हो हामी गरिब छौं, हामी कमजोर छौं तर के यो २१सौं को विश्व माछा पोखरी हो र ? के यहाँ पनि ठूला माछाहरुले सानो माछाहरुलाई खाने गर्दछन् , के सानो देशहरुको सार्वभौमिक्ताको महत्व हुँदैन ?
म सानो देशको सानो मान्छे हुँ, मलाई विश्व राजनिति थाहा छैन तर मलाई यति थाहा छ कि मेरो देशलाई म प्यासिफिक समुन्द्रको पानीको मात्रा भन्दा हजारौं गुणा धेरै माया गर्छु, मलाई मेरो देश घुम्न आउने, संस्कार हेर्न आउने पर्यटकहरु आँउदा खुशी लाग्छ तर चोरडाँका झैं कव्जा जमाउन मेरो माटोमा लुकेर अनि छल गरेर छिरेका मान्छेहरु मलाई पटक्कै मन पर्दैन ।

मलाई भारतसंग कुनै घृणा छैन, हाम्रो देशका मान्छेहरुको भारतसंग रोटी बेटीको नाता छ तर भारतीय नेतृत्वको सामन्तवादी निती र मेरो सिमानाको मिचाहा प्रवृतिसंग मेरो चित्त दुखाई छ । मेरो परिवारको इतिहास बुझ्दा जिज्यूबुवा पनि भारतको ईलाहवाद विश्वविधालयमा पढाउनुहुन्थ्या रे, मैले नेपाल भारत समबन्धका धेरै शानदार किस्साहरु सुनेको छु, देखेको छु अनि दुबै देशका नागरीकहरु बिचको समन्धको मिठास पनि अनुभव गरेको छु ।

मलाई हिन्दी गीत र चलचित्र पनि नमनपर्ने हैन तर आजभोली गीत सुन्न र चलचित्र हेर्न मनलाग्दैन, मलाई मेरो सिमानामा बसेका मिचाहा भारतीयहरुको मात्र संझना आँउछ, भित्र मनमा धेरै तितो महसुस भएको छ ।
विश्वभरिका साथीहरु, के सानो देशलाई स्वतन्त्र हुने अधिकार छैन, नेपाल त कहिलेपनि कुैनैपनि देश या शक्तिको उपनीवेश नभएको इतिहास भएको देश हो, यो सुन्दर देश अहिले साँच्चै दुखमा छ । नेपालीहरुले गोर्खाली सेनाका भूमिकामा विश्वयूद्धमा निकै साहस देखाए, अहिलेपनि विश्वका धेरै ठूला देशहरुमा सेनाका रुपमा नेपालीहरु छन्, मपनि तिनै नेपालीहरु मध्य हुँ, मलाई गोली र बमसंग डर लाग्दैन तर म मायामा विश्वाश गर्छु ।
मलाई आशा छ भारतले मलाई मेरो सिमाको सम्मान गरेर एउटा माया गर्ने कारण दिनेछ, मलाई मेरो लिपुलेक, कालापानी र लिपीयाधुराको माया छ ।
यूद्ध र घृणामा विश्वास नभएका यहाँहरु सबैजनाको माया र साथ अनि समर्थन चाहिएको छ, फुर्सत हुँदा नेपाल घुम्न आउनुहोला, म लगायत सबै नेपालीहरु यहाँहरुलाई स्वागत गर्न तम्तयार छौं । मेरो देशको स्वाभिमान खोसुनु भनेंको विश्वमा सबै देशहरुको अस्तित्व भोलीका दिनमा संकट पर्न सक्नु हो, हामी जहाँ भएपनि एउटै ग्रहमा छौं, आउनुहोस् आधूनिक यूद्धको साम्राज्यवादको विरुद्धमा सबैजना एक हौं, नेपाली हिमालका चिसा हावाहरु बाट न्यानो माया ।
पृथ्वी गोलो छ, जिवन लामो छ अनि यहाँ धेरै दोवाटाहरु छन्, कुनै न कुनै दोवाटोमा हाम्रो भेट अवश्य हुनेछ । जय नेपाल

छ, जिवन लामो छ अनि यहाँ धेरै दोवाटाहरु छन्, कुनै न कुनै दोवाटोमा हाम्रो भेट अवश्य हुनेछ । जय नेपाल

https://www.youtube.com/watch?v=US4tyO8p5OI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्