राजपाको मोरङ जिल्ला अध्यक्षमा युवा नेता मोहम्मद कादिर निर्वाचित

राजपाको मोरङ जिल्ला अध्यक्षमा युवा नेता मोहम्मद कादिर निर्वाचित

विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको अध्यक्षमा लोकप्रीय युवा नेता मो. कादीर निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न सम्मेलनबाट मधेश आन्दोलन र विभिन्न आन्दोलनका मोर्चाको अगुवाई गरेका विराटनगरका मो. कादीर सर्वसम्मत निर्वाचित भएका हुन् ।

पार्टीका केन्द्रीय सदस्य भोगेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम सम्मेलनबाट कादीर निर्वाचित भए । पार्टी केन्द्रीय सर्कुलर अनुसार प्रत्येक जिल्लामा राजपाको जिल्ला सम्मेलन भइरहेको अध्यक्ष मोहम्मद कादीरले जानकारी दिए । यसअघि चक्रिय प्रणालीमा नेतृत्व छनौट हुँदै आएकोमा अब एकल नेतृत्वमा जाने पार्टी केन्द्रको निर्णय र सर्कुलर अनुसार सम्मेलनले कादीरलाई एकल नेतृत्वमा चयन गरेको हो ।

यस अघि सो पार्टीको केन्द्रमा जस्तै जिल्लामा पनि चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलका संयोजकले नेतृत्व गर्ने गरिएको थियो । जिल्ला समितिको कोषाध्यक्षमा दिनेश राउत निर्वाचित भएका छन् । अध्यक्ष र कोषाध्यक्ष मात्र चयन गर्ने प्रावधान अनुरुप अध्यक्षमा कादीर र कोषध्यक्षमा राउत चयन भए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्