सन्दिपलाई पोलार्डले हाने लगातार ४ छक्का

सन्दिपलाई पोलार्डले हाने लगातार ४ छक्का

युएईमा भइरहेको टी–१० लिगको सुरुवाती २ खेलमा राम्रो प्रदर्शन गरेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले तेस्रो खेलमा खराब बलिङ गरेका छन्।

कर्नाटकाका बलर सन्दीपले सोमबार डेकन ग्लाडिएर्टसविरुद्धको खेलमा विकेट लिन सकेनन् भने २ ओभरमा ३५ रन खर्चिए। आफ्नो पहिलो ओभरमा बाउन्ड्री नदिइँ ५ रन दिएका सन्दीपले दोस्रो ओभरमा ३० रन खर्चिएका थिए।

सन्दीपलाई डेकनका केइरन पोलार्डले लगातार ४ छक्का हिर्काएका थिए। उनले पाँचौ बलमा चौका प्रहार गर्दा अन्तिम बलमा २ रन लिएका थिए। अन्तिम बलमा क्याच ड्रप हुँदा सन्दीपको नाममा विकेट हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्