१३औं दक्षिण एसियाली खेलकुद : अहिलेसम्म नेपाललाई तीन स्वर्ण पदक

१३औं दक्षिण एसियाली खेलकुद : अहिलेसम्म नेपाललाई तीन स्वर्ण पदक

काठमाडौं मङ्सिर १६  । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए । सागमा नेपालको पहिलो स्वर्ण मण्डेकाजी श्रेष्ठले जितेका हुन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्