इतिहास रच्दै मेस्सी, छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

इतिहास रच्दै मेस्सी, छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

एजेन्सी

अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ ।

सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पारे । मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् ।

महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलरक्षको अवार्ड जिते । विश्वका एक सय ८० देशका पत्रकार, कप्तान र प्रशिक्षकको मतका आधारमा प्रदान गरिने यस अवार्ड फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको छ ।

गतबर्ष क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिचले यस अवार्ड जितेका थिए । मोड्रिचले यसपटक मनोनयनमै थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्