विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल निर्माण हुने

विराटनगरको प्रमुख तीन चोकमा  आकाशे पुल निर्माण हुने

विराटनगर ।  विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ ।

विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबारी चोक, बरगाछी चोक र महाबीर चोक (घाँस चोक) मा आकाशे पुल निर्माण हुने छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार रानी–इटहरी–धरान छ लेन सडक अन्तर्गत पर्ने चारवटा चोकमा अधिक भीडभाड हुने गरेको छ । सर्वसाधारणलाई सडक वारपार गर्न कठिनाइ भएको र आकाशे पुल नहुँदा जथाभावी बाटो काट्नुपर्ने अवस्था छ ।

चालु वर्षको बजेटमा आकाशे पुल निर्माणका लागि महानगरले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ  । पुल पूर्ण ‘स्टिल स्ट्रक्टर’ मा आधारित रहेको इन्जिनियर अर्जुन थापाले बताए । भने, ‘‘कुनै कारणले अन्यत्र सार्नु परेमा वा मोनोरेल सञ्चालनका क्रममा हटाउनु पर्ने अवस्था उत्पन्न भएमा पुनः प्रयोगमा ल्याउन सकिन्छ ।’’ तीस मिटर चौडा सडकमा दुवै तर्फ गरी ५ मिटर फुटपाथ छोडेर  २५ मिटर लम्बाइका  आकाशे पुल निर्माण हुने छन् । त्यसको उचाई ६ मिटर हुनेछ ।

महानगरले सीपविकास केन्द्र, विद्युतीय शवदाह गृह, एकीकृत सुकुम्बासी बस्ती निर्माणलाई समेत अघि बढाउने तयारी गरेको छ । एकीकृत सुकुम्बासी बस्ती निर्माणाधीन अवस्थामा छ । साझेदार संस्थाहरूसँगको सहकार्यमा बन्दै गरेका घर निर्माण लगत्तै स्थानीयलाई हस्तान्तरण हुने बताइएको छ । बाह्रखरीबाट साभार । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्