लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु, विराटनगरमा प्रभातफेरी तथा कोणसभा सम्पन्न

<span class='c1'>लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु,</span> <span class='c2'>विराटनगरमा प्रभातफेरी तथा कोणसभा सम्पन्न</span>

विराटनगर, मंसिर ९ गते

अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको दिवस २०२६ को अवसरमा विराटनगरमा प्रभातफेरी तथा कोणसभा गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ।

विराटनगर महानगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मोरङलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहभागितामा मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो। ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ अभियानको थालनी गरिएको आयोजकले जनाएको छ।

महानगरपालिकाको विभिन्न क्षेत्रको परिक्रमा गर्दै निकालिएको प्रभातफेरी कोणसभामा परिणत भएको थियो। सभामा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले समाजमा विद्यमान सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।

अङ्ग्रेजी पात्रोअनुसार नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म १६ दिनभर जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो अभियान सञ्चालन गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्