विराटनगरको सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगरको सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर, १४ मा रहेको साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट कलेज (सास्थम)ले विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।


विराटनगरको रत्ना होटलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट र व्यचलर अफ विजनेश एडमिनिस्ट्रेशनका विद्यार्थीहरू सहभागी थिए ।
सन् २००४ मा स्थापना भएको कलेजले होटल म्यानेजमेन्ट तर्फका १६ औं र विविए तर्फका १० औं व्याचका विद्यार्थीलाई अभिमुखिकरण गरेको हो । कार्यक्रममा कलेजमा अध्ययनरत १ सय १० जना विद्यार्थीको सहभागिता रहेको थियो ।


कार्यक्रममा कलेजका म्यानेजिङ डाइरेक्टर रोशन थापाले सास्थमले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताए । कलेजका प्रिन्सिपल देवराज श्रेष्ठले सास्थममा अध्ययन गरेका अधिकांश विद्यार्थीले रोजागारी पाएको बताए । उनले भने ‘ कलेजमा अध्ययन गरेका ८० प्रतिशत बढी विद्यार्थीले रोजगारी पाएका छन् ।’ प्राविधिक जनशक्ती उत्पादनमा पूर्वाञ्चलकै आधारका रुपमा सास्थम रहेको श्रेष्ठले बताए ।

कार्यक्र

ममा कलेजमा अध्ययन गरेर विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गरेका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा काठमान्डौबाट आएका उत्प्रेरक रविनकुमार कटुवालले सहभागी विद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्