विराटनगरमा ७ करोड ५० लाखको लागमा ओम वेलनेस अस्पताल संचालनमा आउँदै

विराटनगरमा ७ करोड ५० लाखको लागमा ओम वेलनेस अस्पताल संचालनमा आउँदै

विराटनगर । विराटनगर २ सौगात मार्गमा सुविधा सम्पन्न प्राकृतिक उपचार केन्द्र संचालनमा आउने भएको छ । कुनै पनि नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना गरिएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायले जानकारी दिईन् ।
उद्यमी, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय चार जना महिलाहरू शिवा उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल र बिना कार्कीले काठमाडौंको वेलनेस अस्पतालको सहकार्यमा अत्याधुनिक प्रविधियुक्त र सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन् ।
अस्पतालको आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घघाटन गर्ने छन् । अस्पतालमा अनुभवी, विज्ञ तथा दक्ष चिकित्सकहरूबाट नसर्ने रोगहरूसँगै रक्तचाप, मधुमेह, हृदयरोग, पक्षघात, मेरुदण्ड, नसा तथा हाडजोर्नीका समस्या, पिनास, दम, माइग्रेन, तनाव, पेटसम्बन्धि सम्पूर्ण रोगहरू, पाइल्स, महिनावारी समस्यालाई प्राकृतिक चिकित्साबाट प्रभावकारी उपचार प्रदान गरिने संचालक नमिता न्यौपानेले बताईन् ।
फिजियोथेरापी, मसाज थेरापी, शिरोधारा, जलनेती, ज्याकुजी, साउनाबाथ, स्टिमबाथ, अक्युपञ्चर, अक्युप्रेसर, पुनस्र्थापना, योग तथा तनाव व्यवस्थापन, डाइट तथा न्युट्रीसनका माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ, प्रभावकारी उपचार हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्