विराटनगर । विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको काउण्टरमा अब एटिएम बुथ संचालनमा शुरु भएको छ । कर तिर्न आउने सेवाग्राहीको लागि सहजताको लागि काउण्टर सञ्चालनमा भएकोमा अब एटिएम बुथ संचालनमा आएको हो ।
बिहिबार बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संचालनमा आएको एटिएम बुथको उद्घाटन गरे । मेयर पराजुलीले संचालनमा आएको एटिएम बुथबाट सेवाग्राहीलाई फाईदा पुग्ने बताए । सामान्य काम पर्दा पनि बाहिर जानु पर्ने बाध्यतालाई ध्यानमा राखेर महानगर कार्यालयलाई लक्षित गरेर काउण्टर संचालनमा ल्याएको हो । यस अघिदेखि नै काउण्टर संचालन भएकोमा एटिएम बुथ ल्याउने बारेमा बिभिन्न छलफलहरु ह्ुँदै आएको थियो ।