विराटनगरमा भ्रमण बर्षको तयारी, प्रदेश सरकारले उद्घाटनमा भारत र बंगलादेशलाई निम्ता गर्ने

<span class='c1'>विराटनगरमा भ्रमण बर्षको तयारी, प्रदेश सरकारले</span> <span class='c2'>उद्घाटनमा भारत र बंगलादेशलाई निम्ता गर्ने</span>

विराटनगर । भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ सरकारले भारत र बंगलादेशलाई निमन्त्रणा गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको विहीवार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०२० को पहिलो दिन जनवरी १ का उद्घाटन समारोहमा प्रदेश १ का सबैै पालिकालाई बोलाउने समेत निर्णय गरेको छ । १३७ वटै पालिकाहरुलाई आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय स्थल झल्कने प्रतिकात्मक बस्तु लिएर आउन पत्राचार गर्ने निर्णय भएको समितिका सदस्य तथा ब्यवस्थापन समितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । भारतका मुख्यमन्त्री तथा मन्त्रीहरुको निमन्त्रणाका लागि प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत आफैँ जानेछन् ।
यसैगरी बैठकले उद्घाटन समारोहमा जातीय पहिचाहन झल्कने सबै समुदायका झाँकी अनिवार्य ल्याउने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले उद्घाटन समारोह भव्यताका साथ विराटनगरको शहिद रंगशालामा गर्ने तयारी गरिरहेको छ ।
विहीबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहाहुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगाएको उपस्थिति रहेको थियो ।
बैठकले प्रदेश १ का चर्चित गायक गायिकाहरुलाई समेत उद्घाटन समारोहमा ल्याउने निर्णय गरेको छ । केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा समिति गठन गरेको थियो । प्रदेश १ को समितिमा मुख्यमन्त्री शेरधन राई संरक्षक छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयत अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्