बलात्कारको आरोप लागेका सिद्धबाबालाई आईसियुबाटै दोस्रो पटक म्याद थप गर्न अदालत लगियो

<span class='c1'>बलात्कारको आरोप लागेका सिद्धबाबालाई आईसियुबाटै दोस्रो</span> <span class='c2'>पटक म्याद थप गर्न अदालत लगियो</span>

विराटनगर । सुनसरी चतराधामका सिद्धबाबा भनेर चिनिने कृष्णदासजी महाराजविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन दोस्रो पटक आईसियु कक्षबाट नै म्याद थपका लागिएको छ ।


उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट दोस्रो पटक म्याद थप गर्न प्रहरीले शुक्रबार विहान ११ बजे आईसीयु कक्षबाट नै लगेको हो ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई सुनसरी प्रहरीले स्कटिङ गरेर सुनसरीतर्फ लगेको हो ।


कृष्णदासजीलाई लिन सुनसरीका डीएसपी विनोद शर्मा आफै टोली लिएर विराटनगर आएका थिए । मंसिर १६ गते सोमबार उनी विरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो ।
पहिलो म्यादको समयसीमा सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न लैजानु परेको डीएसपी शर्माले बताए । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्

।
त्यसपछि मंसिर १२ गते बिहीबारबाट कृष्णदासजी अस्पताल भर्ना भएका थिए । उपचाररत अवस्थामै अनुसन्धान गर्न भन्दै उनलाई पक्राउ गरेर प्रहरीले गत सोमबार म्याद थपका लागि सुनसरी अदालतमा उपस्थित गराएको थियो ।
अदालतले कृष्णदासजी विरुद्ध चार दिनको म्याद थप गर्दै उपचारका लागि अस्पतालमै भर्ना गर्न र अनुसन्धान अधिकृत तथा सरकारी वकिललाई अस्पतालमै उनीसँग बयान लिन पनि आदेश दिएको थियो । उनी अस्पतालको आईसीयूमा भर्ना थिए । डीएसपी शर्माले बयान लिन अस्पतालको आईसीयूमै पुगे पनि बिरामी रहेको भन्दै कृष्णदासजीले बोल्न अस्वीकार गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्