विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी अदालतले अनुमति दिएको छ ।
शुक्रबार विहान १२ बजे सुनसरी अदालत हाजिर भएका सिद्धबाबालाई विराट नर्सिङ होमबाट सुनसरीका डिएसपी विनोद शर्माको टोली आएको थियो ।
पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो ।
गिरीलाई गत सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले विराट नर्सिङबाट नै पक्राउ गरेको थियो। अदालतका न्यायधिश खिमानन्द भुषाल सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए । कृष्णदास अहिले विराटनगरको विराट नर्सिङ होमको आईसीयुमा उपचारर्थ छन् । प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ । अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ।